हेटौँडा। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल पनि श्रीलंकाकै बाटोमा गइसक्यो भनी अफवाह फैलाउनु गलत रहेको बताएका छन् ।
आज हेटौँडामा सुरु भएको कांग्रेस निकट नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
अहिले श्रीलंका आर्थिक संकटमा फसे पनि नेपालको अवस्था त्यस्तो नहुने उनको भनाइ थियो । मन्त्री कार्कीले भने, ‘नेपाल श्रीलंकाकै बाटोमा गइसक्यो भनेर जनतमाझ अफवाह फैलाइँदै छ, तर त्यसो हुँदैन । यो अफवाहलाई तपाईं पत्रकारहरुले तोड्न सक्नुपर्छ।’
अबको १० वर्षपछि नेपाल एशियाकै बलियो अर्थतन्त्र भएको मुलुकका रुपमा स्तरोन्नति हुने समेत मन्त्री कार्कीले दाबी गरे । साथै उनले सरकार सधैँ प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १३ : १७
लेखकबाट थप