प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति मुर्मूलाई बधाई ज्ञापन

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १३ : ०९
प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति मुर्मूलाई बधाई ज्ञापन

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई ज्ञापन गरेका छन् । उनले बिहीवार राति ट्वीटरमार्फत नवनिर्वाचित राष्ट्रपति मुर्मुलाई बधाई ज्ञापन गरेका हुन् । प्रधानमन्त्री देउवाले मुर्मुलाई नेपाल र नेपाली जनताको तर्फबाट भारतको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिँदै मुर्मूको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल सरकार र जनताको तर्फबाट, म श्रीमती द्रौपदी मुर्मुलाई भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाई दिन चाहन्छु । नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाइँ लिनेछ भन्नेमा म विश्वस्त छु ।’ 

सोमवार भएको निर्वाचनमा उनी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । बिहीवार साँझ अन्तिम मत परिणाम सार्वजनिक हुँदा उनी राष्ट्रपति बनेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस