एजेन्सी । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।
हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनी राजापाक्षे परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।
यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले मंगलबार राष्ट्रपतिको दौडमा आफू नरहेको बताएका थिए । उनले नयाँ राष्ट्रपति पदको निर्वाचन अघि भारतसँग सहयोगको अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ साउन २०७९, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त