काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो।
समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञहरुले डिलिट भएको सिसिटिभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्ने अथोरिटी सफट्वेयर आवश्यक हुने भएकाले सिसिटिभीको हार्ड डिक्सको अवस्थामा भरपर्ने भन्दै फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सी ल्याबमा पठाउन उपयुक्त हुने सुझाव दिएको बताए।
समिति सचिव अर्यालले अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टम नै समितिलाई दिएको बताए। उनले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्याएर प्रहरीको फरेन्सी ल्याबमा पठाउन निर्णय भएको बताए।
उनले समितिले अर्थ मन्त्रालयका बजेट निर्माण सहयोगी भूमिका खेल्ने सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते अर्थ मन्त्रालयमा खटिने सुरक्षा कर्मीहरुलाई समेत सोधपुछ गरिसकेको बताए।
उनले बुधबार बस्ने बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्व अर्थसचिव र राजश्व सचिवहरुसँग छलफल गर्ने तयारी गरेको बताए।
त्यस्तै समितिले निःवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी रहेको बताए।
उनले भने, ‘बैठकमा मूलतः अर्थ मन्त्रालयको डिलिट भयो भनिएको सिसिटिभी फुटेजलाई रिकभर गर्नको लागि कति सम्भवना छ? के–के र कस्ता प्रविधि छन्? भन्ने हिसाबले विज्ञहरुको सल्लाह लिएर समितिले नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थान कार्यरत विज्ञलाई आमन्त्रण गरेका थियौँ।
विज्ञहरुलाई समितिले डिलिट भएका सिसिटीभि फुटेज रिकभर गर्ने विषयमा जिज्ञासा राख्यो। विज्ञहरुले रिकभरी गर्न सकिने विषय हो, रिकभर गर्ने अर्थोरेटिक सफट्वेयर चाहिन्छ, सिसिटिभिको हार्ड डिक्सको अवस्था कस्तो छ त्यसमा पनि भरपर्छ, यसलाई विधि पुर्याएर गर्न सबैभन्दा उत्तम विकल्प भनेको नेपाल प्रहरी अन्तगतको फरेन्सी ल्यापमा पठाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिनुभयो। त्यही सुझावको आधारमा समितिले समग्र सिस्टम नै अर्थ मन्त्रालयबाट प्राप्त भएको छ। प्रक्रिया पुर्याएर फरेन्सिक ल्याबमा पठाउनको लागि परामर्श गर्ने निर्णय भएको छ।’
सचिव अर्यालले समितिले संसदले समितिलाई दिएको क्षेत्राअधिकारभित्र रहेर छानबिन कार्य गरिरहेको बताए। उनले बुधवार वा बिहीबार बस्ने समिति बैठकमा निःर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी रहेको पनि बताए।
सचिव अर्यालले समितिले अहिलेसम्म अनुसन्धान क्रममा रहेकाले निर्णय कस्तो गर्ने भन्ने विषयमा नपुगेको बताए।तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने
व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने अर्थ मन्त्रालयको तयारी
अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्य प्रगति सार्वजनिक