शिक्षकका माग पूरा गर्न सांसद शाहीको माग- 'संसद्‌को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक पास गरौं'

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १२ : ०६
शिक्षकका माग पूरा गर्न सांसद शाहीको माग- 'संसद्‌को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक पास गरौं'

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विशेष अधिवेशन बोलाएर संसद्‌बाट शिक्षा विधेयक पारित गर्न सरकारलाई अनुरोध गरेका हुन् । 

'सडकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले हो । अहिले संसद् बन्द छ, त्यसैले सरकारलाई अनुरोध गर्दछौं संसद्‌को विशेष अधिवेशन बोलाऊ र शिक्षा विधेयक संसद्‌बाट पास गरौं,' उनले लेखेका छन्, 'सरकारमा बसेर उखान टुक्का नहानौं ! शिक्षकहरूको माग पूरा गरौं।'

विभिन्न माग राखेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलरत छन् । 

प्रतिक्रिया दिनुहोस