बुटवल । बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ ।
वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठुलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारबाही होस्,’ उनले भने।
तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्विमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।
नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । आफू अनुकूल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाणले गणपूरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगित गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
वृद्धभत्ता खान श्रीमतीको उमेर बढाउने वडाध्यक्षलाई ९ महिना कैद हुने
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन