काठमाडौ । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पक्राउ परेका छन् ।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् ।
वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । सोमबारको घटनापछि उनी सोही दिन पक्राउ परेका हुन् ।
कुटपिटबाट सचिवको गालामा चोट लागेको र भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
वृद्धभत्ता खान श्रीमतीको उमेर बढाउने वडाध्यक्षलाई ९ महिना कैद हुने
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन