काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्न अन्तिम समयसम्म प्रयास गर्दा पनि रद्द भएको बताएका छन्।
शुक्रबार तीनदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनुअघि प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने तय भएपनि अन्तिम समयमा आएर रद्द भएको बताएका छन्।
आइतबार साँझ स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटलमा जाने क्रममा मोदीसँग गर्ने भनिएको भेट स्थगित भएको जानकारी पाएको प्रचण्डको भनाइ छ।
बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि ‘क्लाइमेक्स’ त्यही हो भन्ने ठानेको हुनसक्ने प्रचण्डले सुनाए । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उनले बताए ।
भेटवार्ता रोकिनुको खास कारण भने आफूलाई पनि थाहा नभएको प्रचण्डको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीजी रहँदासम्म बापमन्थी एकता हुने स्थिति छैन : प्रचण्ड
दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर