कोलम्बो। श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् ।
‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं’, श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) का महासचिव सागरा करियावासमले रोयटर्सलाई भने ।
देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपतिगोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको वर्चस्व छ ।
पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।
तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए ।सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिप्ट सिंगापुर पुगेका थिए ।
श्रीलंकामा चरम आर्थिक संकट निम्त्यिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ साउन २०७९, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त
श्रीलंकामा वाम गठबन्धनको शानदार जीत