चितवन । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ। केही केन्द्रीय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका नेता शेखर कोइरालाले बताए।
आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ। यो अत्यन्तै पेचिलो विषय हो। प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन। राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ।’
बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनकाे भनाइ छ। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको उनले बताए।
गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने पनि उनले बताए।गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए।
अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस-राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन। क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन।
भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला