मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले सेवा करारमा राखेका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिले करारमा राखेका कर्मचारी हटाउने निर्णय शुक्रबार बसेको कार्यपालिका बैठकले गरेको हो ।
मकवानपुरगढी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मक्रान्चलीबाट विभिन्न समयमा विभिन्न सेवाका पदहरूमा पदपूर्ती भएका तथा अन्य निकायहरूबाट नियुक्ति तथा सिफारिस भएर वडा कार्यालयहरू तथा स्वास्थ्यचौकी इकाईहरूमा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीको म्याद नथप्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
मकवानपुरगढीमा ८३ जना करारका कर्मचारी छन् । तत्कालीन स्थानीय सरकारले दरबन्दीका कर्मचारी नआएका कारण सेवा प्रवाहमा सहजता ल्याउन भन्दै करारमा कर्मचारी राखेको थियो । ‘कर्मचारीहरूको मिति २०७९ असार ३२ गतेदेखि सेवा करार म्याद सकिएकोले कार्यपालिकाको २०७९ असार ३१ गतेको बैठकको निर्णयअनुसार २०७९ साउन १ देखि लागू हुने गरी सेवा करार म्याद थप नहुने व्यहोरा जानकारी छ’, गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान