काठमाडौँ । नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज जवाफी वहस हुँदैछ। आज रिट निवेदकका तर्फबाट जवाफी वहस हुन लागेको हो। वहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ। केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ ।
आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, ०९ : १८
लेखकबाट थप