काठमाडौं । श्रीलंकामा शान्ति सुरक्षाको अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान थालेपछि सेनालाई आवश्यक कदम चाल्न प्रधानमन्त्री रनिल बिक्रमासिंघेले निर्देशन दिएका छन।
प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेपछि विधिको शाषन पुर्नस्थापित गर्न आवश्यक जुनसुकै कदम चाल्न सेनालाई जिम्मा दिईएको हो ।
गत शनिबार राष्ट्रपतिको सरकारी भवन तथा प्रधानमन्त्रीको निजी निवासमा आक्रमण गरेका प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेका थिए ।
विधिको शाषनको खिल्ली उडाउने काम भएको भन्दै प्रधानमन्त्रीले देशमा कानुनी राज स्थापना गराउन आवश्यक जिम्मा लिन सेनालाई गुहारेको थिए।
राष्ट्रपति गोतावाय राजापाक्षे देश छाडेर भागेपछि श्रीलंकामा प्रधानमन्त्री बिक्रमासिंघे कार्यावाहक राष्ट्रपतिको हैसियतमा पुपेका छन । तर, सरकार विरोधी प्रदर्शनकारीहरु भने उहाँलाई स्विकार्ने पक्षमा छैनन् ।
प्रधानमन्त्री बिक्रमसिंघे कार्यवाहक राष्ट्रपति बनेपछि प्रदर्शनकारीहरु बुधबार झनै उग्र बनेका हुन् । आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको टापु मुलुक श्रीलंकामा विपक्षी दलहरुबीच सरकार गठनको सहमति जुटिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३० असार २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त
श्रीलंकामा वाम गठबन्धनको शानदार जीत