३० महिनापछि प्रतिनिसभाले उपसभामुख पाउने

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, ११ : २२
३० महिनापछि प्रतिनिसभाले उपसभामुख पाउने

काठमाडाैँ ।  रिक्त भएको ३० महिनापछि प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ।

शिवमाया तुम्बाहाम्फे २०७८ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहँदै आएको छ। बुधबारको संसदको कार्यसूचीमा उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका तोक्ने उल्लेख छ।-*/कांग्रेस सचेतक पुष्पा भुसालले पनि उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने जानकारी दिइन्।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुुने संवैधानिक व्यवस्था छ। तत्कालीन नेकपाबाट अग्नि सापकोटा सभामुखमा चयन भएपछि तुम्बाहाम्फेलाई राजीनामा गराइएको थियो।

सभामुख माओवादी केन्द्रबाट भएकाले संभवत कांग्रेसबाट उपसभामुखका लागि सत्ता गठबन्धनले उम्मेदवार उठाउनेछ।

प्रतिक्रिया दिनुहोस