विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले भने, ‘ सरकार प्रादेशिक सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार रहन्छ । त्यसका लागि दलहरूसँग विधेयकमाथि पर्याप्त छलफल गर्छौं।’मुख्यमन्त्री कार्कीले संघीय सरकारले ल्याएको अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको बताए ।
‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो, उनले भने,’ सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशको विरोध गर्नुको औचित्य छैन : मुख्यमन्त्री कार्की
सामुदायिक विद्यालय मर्जरमा हामीले सघाउनुपर्छ : मुख्यमन्त्री कार्की
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
जनताको पहिलो सरकार बर्दिवाला प्रहरी : मुख्यमन्त्री कार्की
कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की