एनआरएन र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १४ : ३६
एनआरएन  र  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता

काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ। 

प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको एनआरएनएले जनाएको छ । प्रतिनिधिमण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवादसमेत दिएका थिए । 

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरूको भावनालाई सम्बोधन गर्न भेटमा उनीहरूले आग्रह गरेका थिए । जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरूप विधेयक आउने विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस