काठमाडौं । जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
बैठकमा हाल पार्टीमा देखिएको अन्तर्संघर्र्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश–प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
सोविताले भेटिन् बाबुराम
रविलाई भेट्न कास्की हिरासत पुगे बाबुराम भट्टराई
उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए: बाबुराम भट्टराई
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने