नयाँ दिल्ली । अयोध्यास्थित राम जन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । बुधबार बिहान ७ः१५ बजे दासको निधन भएको हो ।
८५ वर्षीय महन्त दासलाई फेब्रुअरी ३ मा ब्रेन स्ट्रोक भएको थियो । यसपछि, उनलाई लखनऊको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको थियो । गत हप्ता मात्र, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए ।
‘भगवान रामका परम भक्त तथा श्री राम जन्मभूमि मन्दिर, श्री अयोध्या धामका मुख्य पुजारी आचार्य श्री सत्येन्द्र कुमार दास जी महाराजको निधन अत्यन्तै दुःखद र आध्यात्मिक जगतको लागि अपूरणीय क्षति हो ।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्विटरमा लेखेका छन् ।
१९९२ को डिसेम्बर ६ मा बाबरी मस्जिद भत्काइँदा सत्येन्द्र दास मन्दिरका पुजारी थिए । मस्जिद भत्काउनुअघि महन्त दासले मूर्तिहरूलाई नजिकैको मन्दिरमा सारेका थिए । मस्जिद भत्काइएपछि उनले त्यहाँ बनाइएको अस्थायी मन्दिरमा मूर्ति राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १३ : ०२
लेखकबाट थप