काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले यस्तै प्रकारको विधेयक संसदमा ल्याउन विरोध गरेको स्मरण गर्दै उनले उक्त विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् । ट्वीटरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौँ हामी !’
महामन्त्री शर्माले उक्त विधेयक राष्ट्रियसभामा पेश गर्न देउवालाई कसले सल्लाह दिएका हुन् भनी आश्चर्य प्रकट गरेका छन् । ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ’ उनले ट्वीट गरेका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्री देउवालाई जनता र पार्टीप्रति जवाफदेही हुन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरेका थिए ।
विधेयकमा ऐनको दफा ६ को उपदफा ३ मा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव
काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुन्छ : विश्वप्रकाश शर्मा
उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने विश्वप्रकाशको दाबी
उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने