काठमाडौं । एमाले नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको आलोचना गरेका छन् ।
विगतमा ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने माधव नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशको सहारा लिएको आरोप लगाएका छन् ।
नेपालमा दोहोरो नीति देखिएको भन्दै उनले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख
‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए, भुसालले सामाजिक सञ्जालमा भनेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।’
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ असार २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुशासन छोप्न सत्तागठबन्धन विकासको प्रोपगाण्डा फैलाउँदैछ : घनश्याम भुसाल
आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ : घनश्याम भुसाल
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
एमाले र कांग्रेस मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल
ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिर्गादिनुभयोः घनश्याम भुसाल
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल