गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, ०८ : ५८
गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

काठमाडौँ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । 

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएका हुन्।

मेयरलाई चढ्न भनेर स्कार्पियो गाडी किनिएको थियो। तर, उनी सरकारी गाडी चढ्दैनन् । गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कार्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो। आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ। जय धरान।’

प्रतिक्रिया दिनुहोस