पार्टी बरियतामा म माथि अन्याय भयो : झलनाथ खनाल

शनिबार, १९ जेठ २०७५, १४ : ४९
पार्टी बरियतामा म माथि अन्याय भयो :  झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी बरियतामा आफूमाथि अन्याय भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘पार्टी बरियतामा अन्याय भएको छ । यस अन्यायका विरुद्धमा पार्टी भित्र भिन्न मत राखेको छु म पाटी भित्रनै संघर्ष गर्दछु ,  न्याय पाउनकालागि आफ्नो लडाईँलाई जारी राख्दछु तर बाहिर भन्ने कुरा म गर्दिन । पाटीलाई एकजुट बलियो र दह्रो बनाउने कुरामा मेरो योगदान रहने छ ।’  खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरुको एकताका लागि संघर्ष गरिराखेका कारण इतिहासलाई कसैले तलमाथी पार्नुपर्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत स्पष्ट पारे ।

चीनको कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चीनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा वरिष्ठ नेता झलनाथ खनाल चीन गएका थिए ।  कार्यक्रममा विश्वका १६० भन्दा बढी कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस