तत्कालीन प्रशासकीय अधिकृत झासहितको मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १६ : १८
तत्कालीन प्रशासकीय अधिकृत झासहितको मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता

काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रन्जिता झासहितको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ । झासहित श्यामकिशोर मण्डललगायतका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो।

 

 

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार झा र मण्डलसँगै नवोनारायण मिश्र, रतन शाह र कमरुल खातुनलाई विशेष अदालतले २०८० साल फागुन १३ गते सफाइ दिएको थियो। सोही फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावलोकन गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस