घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

शनिबार, १९ जेठ २०७५, १२ : ५५
घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

 सोलुखुम्बु । दमकल अभ्यास गर्ने क्रममा घाइते हुनुभएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते हुनुभएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो ।

जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन् । नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस