काठमाडौं–ताप्लेजुङको हवाई भाडा बढ्यो

शनिबार, १९ जेठ २०७५, १० : २१
काठमाडौं–ताप्लेजुङको हवाई भाडा बढ्यो

ताप्लेजुङ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि पाँच हजार ३३० भाडादर रहेकामा अहिले एक हजार ८६५ बढाएर सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए ।  एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्रि आएको राईले बताए ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ ।  प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो ।  अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस