प्रधानमन्त्री ओलीले बोली फेर्दै सरकारमा थपे दुई उपप्रधानमन्त्री

शुक्रबार, १८ जेठ २०७५, १९ : ११
प्रधानमन्त्री ओलीले बोली फेर्दै सरकारमा थपे दुई उपप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई उपप्रधानमन्त्री थपेका छन् । उनले रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाएका छन् । यसअघि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नबनाउने बताएका थिए । संघीय समाजवादी फोरमबाट दुई मन्त्री थप्ने क्रममा ओलीले  पोखरेल र यादवलाई उपप्रधानमन्त्री बनाएका हुन् ।

यस्तै सञ्चार राज्यमन्त्री रहेका गोकुल बास्कोटा मन्त्री बनेका छन् । बास्कोटाले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस