काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्। महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज निर्माण र सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई प्राप्त भएको बताए।
सबै पार्टीबाट निर्वाचित देशभरका १० हजार भन्दाबढी जनप्रतिनिधिलाई हुलाकमार्फत लिखित सन्देश पठाउँदै महरले पाँच वर्षसम्मका प्रत्येक दिन जनप्रतिनिधिका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
'अब पाँच वर्षसम्मका हरेक दिन तपाईंका लागि महत्त्वपूर्ण हुनेछन्। प्रत्येक दिनको अधिकतम उपयोग गरेर नागरिकको भविष्य र आफ्ना अगाडिको राजनीतिक लक्ष्यका लागि एक इट्टा थप्न सक्नुहुनेछ भन्नेमा विश्वस्त छु',उनले भने।
नागरिकसँग जोडिएका मुद्दा तथा एजेन्डाहरू कार्यान्वयनका लागि आफूले अनवरत रुपमा आवाज उठाउँदै आएको बताउँदै महरले जनसरोकारका विषयमा आफू सधैँ जनप्रतिनिधिहरूसँगै रहने बताए।
निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी र यसको महत्वबारे आफू पनि जानकार रहेको उनले बताए। ‘म र सचिवालयको विज्ञ समूहले अध्ययन, अनुसन्धान र अनुभवको दौरानमा प्राप्त गरेका ज्ञान, सीप, विज्ञता र सांगठनिक सञ्जालले आवश्यकता अनुरुप यहाँहरूलाई थप मद्दत गर्न सके भने झनै गौरव महसुस गर्नेछु’, उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा ऐन पास गर्न संसदलाई दवाव दिन आवश्यक छ : नैनसिंह महर
महाधिवेशनको मिति नतोकिँदै कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर
विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छः नैनसिंह महर
‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?