‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०८१, १३ : ०२
‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । नेता महरले ‘प्रचण्ड’ निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । उनले अध्यक्ष ‘प्रचण्ड’सँग पछिल्ला समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।

यसअघि नेता महरले एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए । एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव पोखरेलसँग समसामयिक राजनीतिका विषयमा कुराकानी गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस