काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राइलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन्। यद्यपि श्रेष्ठ सांसद होइनन्। जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा श्रेष्ठको नाम राखेको थियो। तर उनले समानुपातिक सांसद हुने मौका पाइनन्।
जसपा स्रोतका अनुसार विशेष परिस्थिति भन्दै यादवले श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन्। यादवनिकट एक नेताले भने, ‘पार्टीभित्र उत्पन्न विशेष परिस्थितिमा उहाँ (यादव) ले सुशील श्रेष्ठज्यूलाई मन्त्रीमा सिफारिस गर्न खोज्नुभएको हो। यो बाध्यता प्रधानमन्त्रीले पनि बुझ्नुपर्छ। प्रधानमन्त्रीलाई कार्यकारिणी अध्यक्षज्यूले कन्भिन्स गर्नुपर्छ।’
पार्टीमा आफ्नो पक्षको प्रस्ट बहुमत देखाउन यादवले राईलाई फकाउन लागेका हुन्। राईले डा। बाबुराम भट्टराईलाई साथ नदिने हो भने भट्टराई पक्षसँग संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्दैन। यादवनिकट अर्का एक नेताले भने, ‘राई हाम्रो पक्षमा खुल्नुभयो भने उहाँहरूसँग ४० प्रतिशत परै जाओस्। २० प्रतिशत पनि पुग्दैन। सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याए पनि केही फरक पर्दैन।’
पछिल्लो समय राई यादवसँग निकट भएको स्रोतको भनाइ छ। यद्यपि उनी अझै प्रस्ट खुलेका छैनन्। स्थानीय तहको चुनावअघिसम्म राई भट्टराई पक्षसँग खुलेका थिए। भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारिणी समितिको पहिलो स्थानको अध्यक्ष तथा राईलाई संघीय परिषद्को अध्यक्षमा ल्याउन लबिङ गरेका थिए। यसमा राई पनि सहमत थिए। तर चुनावपछि राईको मन बदलिएको जस्तो देखिएको स्रोतले बतायो।
पार्टीका वरिष्ठ नेताकी पत्नी त्यसमा पनि सांसद नै नभएको व्यक्तिलाई सरकारमा पठाउँदा हुन सक्ने आलोचना र विरोधका बारेमा पनि कार्यकारणी अध्यक्ष जानकार नै भएको यादवनिकट अर्का एक नेताले भने। उनले भने, ‘यस विषयमा वरिष्ठ नेता (अशोक राई) ज्यूले नै बुझ्ने कुरा हो।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ असार २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
सरकार र निजी क्षेत्रको सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का
ई-हाजिरी यथाशीघ्र लागू गर्न मातहतका निकायलाई मन्त्री यादवको निर्देशन