काठमाडौँ । प्रदेश एकमा नेकपा एमालेकी समानुपातिक सांसद गुलेफुन खातुनले राजीनामा दिएकी छिन्। सरकारी सहीछाप किर्तेको आरोप लागेकी प्रदेशसभा सदस्य खातुनले असार १५ गते राजीनामा दिएकी हुन् ।
खातुनले १५ गते बुधबार सांसद पदबाट राजीनामा दिएकी हुन्। सभामुख भण्डारीले आज (बिहीबार) राजीनामा स्वीकृत गरेको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।उच्च अदालत विराटनगरको फैसलाविरुद्ध सर्वोच्चमा पुगेकी उनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनले राजीनामा दिएकी हुन्। एक साता अगाडि
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १४ : ५०
लेखकबाट थप