काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई स्पष्टीकरण सोधेका छन् ।
मन्त्री चौधरीले प्रमुख आयुक्त रञ्जितलाई स्काउटको सम्पत्ति भाडामा नलगाएको, कार्यालय प्रमुख रामप्रसाद भट्टराई निलम्बन गरी प्रष्टीकरण सोधेको विषय लगायत १० बुँदे स्पष्टीकरण सोधेका हुन् । उनलाई भौतिक रूपमा मन्त्रालय उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेका छन् ।
नेपाल स्काउटको प्रमुख आयुक्त पदमा प्रमुख स्काउटबाट मनोनयन भई प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका रञ्जितमाथि नेपाल स्काउट ऐन २०५० (संशोधन सहित), नेपाल स्काउट नियमावली २०७७ (संशोधन सहित), नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन सहित) र प्रचलित कानुनको समेत ठाडो उल्लंघन गरेको आरोप लगाइएको छ ।
पछिल्ला दिनमा भएको गैह्रकानुनी कार्यहरूको सम्बन्धमा स्पष्ट पार्नका लागि पत्र प्राप्त मितिले ३ (तीन) दिन भित्र युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट समक्ष भौतिक रूपमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० औँ राष्ट्रिय खेलकुद फागुनभित्रै हुन्छ : मन्त्री चौधरी
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु : खेलकुमन्त्री चौधरी