काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरु देशमा आफूहरुले लागू गर्न नसक्ने बताएका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले जबज अरु देशमा लागू गर्ने सामर्थ्य आफूहरुसँग नरहेको प्रस्ट पारे ।
‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं,’ उनले भने, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’
मदन भण्डारीले ‘यी मनुवाहरुको कल्याण होला’ भनेर जबज प्रतिवादन नगरेको पनि ओलीले प्रस्ट्याए । ‘उहाँले आफू, आफ्ना संघर्ष, आफ्ना भोगाइ र आफ्नो देशको प्रोफाइल तयार गर्नुभयो । मेरो देश कहाँनिर छ, कस्तो छ, समस्या के छ भनेर पहिचान गरी त्यसको निदान गर्नुभयो,’ उनले भने ।
जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक रहेर नभई ती सबैसँग गाँसिएर आएको ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली