काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । दुई सेक्टर अन्य र व्यापार बढे । अन्य ०.२३ र व्यापार ०.१० प्रतिशत बढे । बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.७६, लगानी ०.४५, जीवन बीमा ०.६१, उत्पादन २.०७, माइक्रोफाइनान्स ०.२७ प्रतिशत घटे । निर्जीवन बीमा स्थिर रह्यो ।
न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.८४ तथा सप्तकोशी विकास बैंकको ६.४३ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सुपर मादी हाइड्रोपावरको ८.२४, सामुदायिक लघुवित्तको ८.१०, अपर लोहोरेखोलाको ६.२५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि ओरालो लाग्यो सेयर बजार
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव
शेयर बजार घट्दा पनि तीन वटामा सकारात्मक सर्किट
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
सेयर बजार २७३० अंकमा
उच्च अंकले बढ्यो सेयर बजार