काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्ध बाबामा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले एकफर्ति रूपमा सञ्चालन आएको छ । एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठुलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए।
प्रहरीले सडक दुईतर्फी रूपमा पनि सञ्चालनमा ल्याउने प्रयास गरेको जनाएको छ । सिद्धबाबाबा वर्षम हुनासाथ लगातार पहिरो जाने गर्छ( जसले गर्दा बुटवलबाट पाल्पा, गुल्मी जाने र आउने सवारी चालकहरूलाई सास्ती हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे ८ सय मिटर खनियो सिद्धबाबा टनेल
सिद्धार्थ राजमार्ग भासियो
सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने