काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व गरेको मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित बजेट र कार्यक्रमले आर्थिक तथा ऊर्जा विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।
मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुने गरी तीनवटै तहका सरकारबाट समन्वयात्मक रुपमा आयोजनाहरुको विकास गर्न नदी करिडोर योजना र जलविद्युत गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने उल्लेख गरिन् । मन्त्री भुसालले पहिले विद्युत बत्तीका लागि मात्र प्रयोग हुने गरेको उल्लेख गर्दै भनिन्, “अबको विद्युत उज्जवल भविष्यका लागि प्रयोग हुने गरी कार्यक्रम बनाएर कार्यान्वन गर्छौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल