अझै ५ वर्षसम्म ओलीको विकल्प छैन : शंकर पोखरेल

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १४ : ४७
अझै ५ वर्षसम्म ओलीको विकल्प छैन : शंकर पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै ५ वषसम्म केपी  ओलीको विकल्प  नभएको बताएका छन् । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै  उनले चितवन महाधिवेशनबाट अध्यक्ष चुनिएकोले अझै ५ वर्षसम्म ओलीको विकल्प नभएको पोखरेलको बताए । 

पोखरेलले संघीय चुवानपछि ओलीनै प्रधानमन्त्री  हुने पनि जिकिर गरे । उनले गठबन्धन सरकारको आलोचना गर्दै गठबन्धनकै कारण राजनीति अस्थिरता र वैदेशिक चलखेल बढेको जिकिर गरे । 

 नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीतर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग  सहकार्य हुन नसक्ने टिप्पणी गरे। उनले काँग्रेसँग मिलेकाहरु वामपन्थी हुन नसक्ने पनि टिप्पणी गरे । 

एमालेलाई सिध्याउने गरि गठबन्धन गर्दा पनि आफूहरुले जनमत राम्रो पाएको बताउँदै उनले आगामी चुनावमा पनि एक्लै लड्न सक्ने  बताए ।
 

प्रतिक्रिया दिनुहोस