काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ ।
जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् भने सोही अवधिमा कर्जा लगानी भने २ अर्बले घटेको छ ।
अघिल्लो साता बैंकहरुले २ अर्ब रुपैयाँले नै कर्जा लगानी घटाउँदै ४१ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका थिए ।यो साता कर्जा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको नेपाल बैकर्स संघले जनाएको छ । समग्रमा जेठ महिना लागेसँगै निरन्तर निक्षेप बढाइरहेका बैंकहरुले जेठ ६ गतेदेखि २७ गतेसम्ममा १६ अर्ब रुपैयाँले निक्षेप बढाइसकेका छन् ।
यता कर्जा प्रवाहमा भने कडाई गरिरहेका बैंकहरुले यो अवधिका लगानी कम गरेका छन्.।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
भदौ महिनाका लागि घट्यो ब्याजदर, कसको कति ?
वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?