भदौ महिनाका लागि घट्यो ब्याजदर, कसको कति ?

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, ११ : ००
भदौ महिनाका लागि घट्यो ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका मध्ये चारले स्थिर राखेका छन् भने दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन् ।

औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको शुक्रबार सार्वजनिक विवरणानुसार देखिन्छ । सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ । यो बैंकले साउनमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर एक प्रतिशत विन्दुले घटाएको हो।

पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउने गर्छन् । नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । लगानीयोग्य रकम पर्याप्त भएपछि बैंकहरू निक्षेप आकर्षण गर्नतर्फ नलागेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार, हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७९.०२ प्रतिशतसम्म झरेको अवस्था छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनानुसार अझै बैंकहरूमा जम्मा भएको निक्षेपको करिब ११ प्रतिशत कर्जा लगानी गर्न सक्ने अवस्थामा छ ।

आउँदा दिनमा पनि ब्याजदर घट्दै जाने बैंकरले बताउँदै आएका छन् । यसले गर्दा आउँदा दिनमा धितोपत्र दोस्रो बजारमा अझै पैसा आउन सक्ने सम्भावना छ ।

bha-1723784729.jpg

 

प्रतिक्रिया दिनुहोस