एजेन्सी । इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा ध्वस्त भएको छ ।अन्तर्राष्ट्रिय विमानस्थलाई लक्षित गरि गरिएको रकेट आक्रमणमा धावनमार्ग लगायत अन्य संरचनाहरु ध्वस्त भएपछि हवाइ सेवा अवरुद्ध बनेको छ ।
सिरियाली यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गरी दमस्कसको विमानस्थल पुर्ण रुपमा ध्वस्त भएकाले अर्को सूचना जारी नभएसम्म हवाइ उडान नहुने जनाएको हो ।
जसका कारण सयौं यात्रु अलपत्र परेका छन् । सिरियामा सन् २०११ बाट शुरु भएको युद्धकाबीच इजरायलले सिरियाली सेनामाथिको हवाई आक्रमण जारी राखेको छ । सिरियामा जारी संघर्षका बीच हजारौंको मृत्यु हुँदा लाखौं मानिस विस्थापित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ जेठ २०७९, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु