दमस्कस । सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि जारी हिंसा मत्थर भएको थियो । तर केही हप्ताको शान्तिपछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको छ ।
गएको तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच चलिरहेको द्वन्द्वमा एक हजारभन्दा बढी मानिसहरू मारिएका छन् । मारिनेहरूमा ७४५ जना सर्वसाधारण भएको र यिनीहरूलाई नजिकबाट गोली हानिएको सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाले भनेको छ ।
द्वन्द्वमा १२५ सुरक्षा बल र १४८ असद समर्थक लडाकु मारिएको संस्थाले बताएको छ । सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति काटेको छ । सिरियामा बिहीबारदेखि हिंसा सुरु भएको थियो, जुन चाँडै नै देशका धेरै भागहरूमा फैलियो ।
शुक्रबार, सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति बसर अल–असदका समर्थक अलावि समुदायका मानिसहरूलाई निशाना बनाउन थालेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु