एजेन्सी । इजरायलले सोमबार सिरियाका धेरै सैन्य लक्ष्यमा हवाई हमला गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार १६ जनाको ज्यान गएको छ।
सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३६ जना घाइते भएको जानकारी दिएको छ। जसमध्ये ६ जना गम्भीर घाइते छन्।
बीबीसीका अनुसार इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे कुनै प्रतिक्रिया नदिने बताएको छ। सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ।
इरानले के भन्यो?
इरानको विदेश मन्त्रालयले यसलाई आपराधिक हमला भनेको छ।
इजरायलले पछिल्ला केही वर्षमा सिरियामा आक्रमण गरेको कुरा धेरैपटक स्वीकार गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ भदौ २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला