कोलम्बो । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ ।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलङ्काका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलङ्का सरकार र भारतीय एक्जिम ब्याङ्कबीच हस्ताक्षर भएको हो ।
धान रोपाइँको अहिलेको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । -एएनआई
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ जेठ २०७९, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि