बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सुप्रप्र ०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।
खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते