पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको माओवादी नेता पुनको भनाइ

सफल खबर संवाददाता

बुधबार, २५ जेठ २०७९, १५ : ३८
पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको माओवादी नेता पुनको भनाइ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए ।

पुनले नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताए । उनले मन्त्री फेर्ने बारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पारे ।

त्यसैगरी सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए।

पोखरेल अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरे । उनले गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताए।

प्रतिक्रिया दिनुहोस