काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले वातावरण संरक्षणमा मुलुकका सबै पक्ष दत्तचित्त बन्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवस तथा डिनको ४२औं वार्षिकोत्सबको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताए ।
वातावरण संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिन अझै प्राथमिकताका साथ योजनाबद्द रूपमा अघि बढाउने प्रतिवद्धता समेत जनाए । वातावरण संरक्षण जस्तो गम्भीर पक्ष सरकारको प्रयासले मात्रै सम्भव नरहने चर्चा गर्दै मन्त्री चौधरीले हरेक नागरिकलाई आ–आफ्नो तहबाट वातावरण संरक्षणमा लाग्न समेत आग्रह गरे ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल ,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वातावरण प्रदूषणले विश्वमा पारेको प्रभाव र वातावरण संरक्षण सम्बन्धी विविध कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयो : मन्त्री चौधरी
रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छु : मन्त्री चौधरी