काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो ।
आयोगले यही मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने गरि मिति तोक्न सरकारलाई सिफारिस गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था भए पनि त्यसको गणना कसरी गर्ने भन्नेमा दलहरुबीच अन्योलता छ । आयोगले भने पहिलो चुनावी परिणाम आएको मितिलाई आधार मानेर अर्को चुनावको मिति सिफारिस गर्ने बताएको छ ।
प्रतिनिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा निर्वाचन आयोगको परामर्शमा सरकारले चुनावको मिति तोक्ने व्यवस्था गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि मंसिर २२ गते पहिलो परिणाम आएर निर्वाचित सदस्यले प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन सुरक्षाका लागि आयोगको ६ बुँदे निर्णयः आचारसंहिता उल्लंघन गरे उम्मेदवारलाई तत्कालै कारबाही