राजधानीका तीन स्थानमा मोनोरेल

पत्रपत्रिकाबाट

शनिबार, १२ जेठ २०७५, ०७ : ५०
राजधानीका तीन स्थानमा मोनोरेल

काठमाडौं । राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

काठमाडौंका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरु गरेको हो ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ (पीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस