भक्तपुरका क्रियाशील पाँच संघसंस्थाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई चामल, चिउरा र तरकारी दिएर स्वागत गरेका छन् ।
भक्तपुर घरेलु तथा साना उद्योग संघ, भत्तmपुर पर्यटन विकास समिति, जिल्ला कृषि सहकारी संघ लिमिटेडलगायतले प्रजिअ भट्ट र प्रहरी उपरीक्षक श्रेष्ठलाई सामूहिक भक्तपुरमै उत्पादन भएको टाइचिन चिउरा, लोकल चामल, कालो चामल, कुरिलो, मुला, काउली, च्याउलगायत स्थानीय रुपमै उत्पादित सामाग्रीसहित स्वागत गरेका हुन् । आजको राजधानी दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ जेठ २०७५, ०७ : ३५
लेखकबाट थप