रियो दि जनेरियो । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफ को भ्रमण गर्ने उनले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएका छन् ।छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ । पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ जेठ २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा बाढीका कारण मर्नेको सङ्ख्या ५६ पुग्यो
मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
ब्राजिलमा विमान दुर्घटनाः १२ जनाको मृत्यु
ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु
प्रधानमन्त्री मोदीद्वारा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई जी–२० अध्यक्षको पद हस्तान्तरण