धूवाँ फ्याँक्ने सवारीलाई रोक

पत्रपत्रिकाबाट

शनिबार, १२ जेठ २०७५, ०७ : २५
धूवाँ फ्याँक्ने सवारीलाई रोक

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । अत्याधिक धुँवा फ्याँक्ने सवारी साधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धूवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न लागेको हो ।

सवारीसाधनबाट निस्कने धूँवाका कारण वायु प्रदुषण हुनुका साथै नागरिककै स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले रोक लगाउने योजना यातायात व्यवस्था विभागले अगाडि बढाएको छ ।  आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस